१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाइडनले भने: नयाँ पुस्तालाई नेतृत्त्वको कमान सुम्पिनु नै अगाडि बढ्नुको विकल्प

अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ पुस्तालाई कमान सुम्पिनु नै अगाडी बढ्नु राम्रो तरिका भएका कारण आफू राष्ट्रपति निर्वाचनको दौडबाट बाहिरिएको बताएका छन्।

राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गरेपछि पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गर्दै उनले आफ्नो कार्यकाल दोस्रो राष्ट्रपति कार्यकालका लागि सबै प्रकारले योग्य भएपनि नयाँ पुस्तालाई अगाडी बढाउनु उत्तम विकल्प भएको बताए।

बीबीसीका अनुसार बाइडनले सम्बोधन गर्दै भने, ‘म यस पदको सम्मान गर्छु। तर, म मेरो देशलाई निकै माया गर्छु। राष्ट्रपतिको रूपमा देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो। त्यसकारण अब नयाँ पुस्तालाई ल्याउनु उचित ठानेर म राष्ट्रपति निर्वाचनबाट बाहिरिएको हुँ।’

अमेरिका अहिले महत्वपूर्ण मोडमा रहेको भन्दै उनले अब जे निर्णय लिइन्छ त्यसले देशको भविष्य निर्धारण हुने बताए। 

प्रकाशित: १० श्रावण २०८१ ०९:१४ बिहीबार

#joe biden