२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिणी गाजामा इजरायली आक्रमण तीव्र, थप ५७ जनाको मृत्यु

गाजाको दक्षिणी क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा परी कम्तिमा ५७ जनाको मृत्यु भएको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी शहर खान युनिस र सेन्ट्रल गाजामा भएको आक्रमणमा परी २६ जनाभन्दा बढी घाइते भएका छन्।

पछिल्लो समय इजरायलले दक्षिणी गाजाको विभिन्न क्षेत्रमा आक्रमणलाई तीव्र बनाउँदा दैनिक ५० देखि १ सयभन्दा बढीको मृत्यु हुने गरेको छ।

इजरायलले पछिल्लो ९ महिनामा गरेको हवाई र स्थल आक्रमणमा परी हालसम्म हमासका मात्रै १४ हजारभन्दा बढी लडाकु मारिएका छन् भने ४० हजारभन्दा बढी प्यालेस्टिनी नागरिक मारिएका छन्।

प्रकाशित: २ श्रावण २०८१ १०:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App