६ भाद्र २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लोकसभापछिको उपनिर्वाचनमा भाजपामाथि विपक्षी गठबन्धन भारी

भारतमा लोकसभा निर्वाचनपछि बिधानसभाका लागि भएको उपनिर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपामाथि विपक्षी इन्डिया गठबन्धन भारी परेको छ।

सात प्रान्तका १३ बिधानसभा सिटका लागि उपनिर्वाचन भएको थियो। जसमा मोदीको भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनमाथि भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई) नेतृत्वको इन्डिया गठबन्धन भारी परेको हो।

शनिबार सम्पन्न मतगणनामा १३ सिटमध्ये १० सिट विपक्षी इन्डिया गठबन्धनले जितेको छ, भाजपा नेतृत्वको भाजपालाई जम्मा दुई सिट प्राप्त हुँदा एकमा स्वतन्त्र उम्मेदवार जितेका छन्।

विपक्षी इन्डिया गठबन्धनमा कांग्रेस आई, अरबिन्द केजरीवालको आमआदमी पार्टी, ममता बनर्जीको तृणमुल कांग्रेस र एम के स्टालिनको डिएमकेले उम्मेदवार चुनावी मैदानमा उतारको थिए।

यो उपनिर्वाचमा पञ्जाबमा एक, हिमाञ्चलमा तीन, उत्तराखण्डमा दुई, पश्चिम बंगालमा चार, बिहार, मध्य प्रदेश र तामिलनाडु एक/एक सिटका लागि निर्वाचन भएको थियो।

पञ्जाबको एक सिट केजरीवालको पार्टी आम आदमीले जत्दा हिमाञ्चलका तीनमध्ये दुईमा कांग्रेस आई र बाँकी एकमा जितेको भाजपाले जितेको छ।

भाजपाले अर्को सिट मध्यप्रदेशमा जितेको हो। उता उत्तराखण्डका दुबै सिट कांग्रेस आईले नै जितेको छ भने पश्चिम बंगालका चारवटै सिटमा बनर्जीको पार्टी तृणमुल कांग्रेसले जितेको छ । तामिलनाडुको एक सिटमा स्टालिनको पार्टी डिएमकेलाई जित मिलेको छ। बिहारको सिटमा स्वतन्त्र उम्मेदवार जितेका छन्।

लोकसभापछि भएको यो उपनिर्वाचनलाई भारतमा महत्वका साथ हेरिएको छ। उप निर्वाचनमा भाजपालाई परास्त गरेपछि भारतीय लोकसभाका प्रमुख विपक्षी नेता राहुल गान्धीले भाजपाद्वारा बुनिएको ‘भय र भ्रम’को जाल टुटेको दाबी गरेका छन्।

‘किसान, युवा, मजदुर, व्यापारी र पेशानोकरी समेत हर वर्ग तानाशाहीका समुल नास गर्दै न्यायको राज्य स्थापित गर्न चाहन्छन्। आफ्नो जीवनलाई राम्रो र संविधानको रक्षाका लागि जनता अब इन्डिया गठबन्धनको साथमा खडा भएका छन्,’ गान्धीले लेखेका छन्।

प्रकाशित: २९ असार २०८१ १८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App