१९ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्स संसदीय चुनावः दक्षिणपन्थी दललाई पहिलो चरणमा बहुमत

फ्रान्सको संसदीय चुनावमा दक्षिणपन्थी दल नेशनल रैलीलाई पहिलो चरणमा बहुमत प्राप्त भएको छ।

बीबीसीका अनुसार पहिलो चरणको निर्वाचनमा बहुमत हासिल भएपछि नेशनल रैलीलाई सत्ता नजिक  पुर्‍याइदिएको छ।

प्रवासी विरोधी नेशनल रैलीकी नेता मरीन ले पेनले वर्तमान राष्ट्रपति म्याक्रो गुट यस निर्वाचनबाट पूर्ण रुपले समाप्त भएको बताएकी छिन्।

नेशनल रैली ३३.२ प्रतिशत मतले अगाडी रहेको छ भने वामपन्थी गठबन्धन २८.१ प्रतिशत मतले पछि परेको छ।

फ्रान्सको राष्ट्रिय निर्वाचनमा यसअघि धुर दक्षिणपन्थी दल पहिलो चरणको निर्वाचनमा जितेको छैन। तर, दोस्रो चरणको निर्वाचनमा नेशनल रैलीले बहुमत हासिल गर्ने सम्भावना कमजोर देखिएको छ।

प्रकाशित: १७ असार २०८१ ०८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App