१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्ली एयरपोर्टको टर्मिनल भवनको छत खस्यो

चार महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत ढलेको छ। टर्मिनल भवन ९१० को पार्किङ क्षेत्रमा रहेको छत खसेको हो।

छत खस्दा खसेर एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। शुक्रबार बिहान भारतीय समय अनुसार करिब ६ बजे टर्मिनल भवनको छत खसेको थियो। छतमुनी कैयौँ गाडीहरू च्यापिएर क्षति पुगेको छ।

घटनापछि केन्द्रीय नागर विमानमन्त्री राममोहन नायडु निरीक्षणका लागि घटनास्थल पुगेका थिए। उनले मृतक परिवारलाई २० लाख भारतीय रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेका छन्। यस्तै घाइतेको उपचारका लागि ३ लाख भारतीय रुपैयाँ दिने उनको घोषणा छ।

घटनाको जाँचबुझका लागि एक समिति पनि गठन गरिएको छ।समितिमा नागरिक उड्डयन महानिर्देशनालय, नागरिक उड्डयन ब्युरो, केन्द्रीय औद्योगिक सुरक्षा बल, दिल्ली प्रहरी र राष्ट्रिय विपद् प्रतिकार्यसहितको एजेन्सीका प्रतिनिधि राखिएका छन्। यस्तै उडान सञ्चालकलाई निलम्बन गरिएको छ।

अत्याधिक वर्षाका कारण छल ढलेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्। दिल्लीमा रातभरी अत्याधिक वर्षा र हावाहुरी आएको बताइएको छ।

प्रकाशित: १४ असार २०८१ १८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App