१८ असार २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वभर अत्यधिक गर्मी बढ्दा जङ्गलहरूमा आगलागी पनि बढ्यो

जलवायु परिवर्तनका कारण विश्वका विभिन्न जङ्गलहरूमा आगलागीको घटना बढ्न थालेको छ।

वैज्ञानिकहरूले विश्वभर अधिकतम गर्मी मापन भएसँगै टर्की, क्यानडा, ग्रिस र संयुक्त राज्य अमेरिकाको जङ्गलका धेरै भागहरूमा आगलागी भइसकेको बताएका छन्।

हालैका वर्षहरूमा आगलागी नियन्त्रणका लागि अतिरिक्त स्रोतहरू प्रयोगमा ल्याइएपनि योजना र तयारी पर्याप्त नभएको विज्ञहरूले बताएका छन्।

मौसमी अवस्थासहित धेरै कारकहरूको अध्ययनअनुसार आगलागीको परिणाम कति नराम्रो हुन्छ भनेर भविष्यवाणी गर्नु वा कहाँ र कहिले विपद् निम्तिन्छ भनी आङ्कलन गर्नु चुनौतीपूर्ण हुन सक्छ। तर, समग्रमा, जङ्गलमा आगलागी ठूलो हुँदै गइरहेको छ र अझ गम्भीर रूपमा बढीरहेको छ।

जुनमा प्रकाशित एक अध्ययन अनुसार चरम जङ्गली आगोको आवृत्ति र परिमाण विगत २० वर्षमा दोब्बर भएको देखिन्छ।

संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको सन् २०२२ को प्रतिवेदनअनुसार शताब्दीको अन्त्यसम्ममा विश्वभर चरम जङ्गली आगोको सङ्ख्या ५० प्रतिशतले बढ्ने अनुमान गरिएको छ। रासस

प्रकाशित: ११ असार २०८१ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App