१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको जलपाईगुडीमा रेल दुर्घटना, १५ जनाको मृत्यु

तस्बिर: भारतीय सञ्चार माध्यम

भारत पश्चिम बंगालको नयाँ जलपाईगुडी नजिकै रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। अन्य ६० जना घाइते भएका छन्। 

सियालदह जाँदै गरेको कञ्चनजङ्घा एक्सप्रेसको रेल र मालबाहक रेल आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

नयाँ जलपाईगुडीबाट करिब सात किलोमिटर टाढा रंगपानी स्टेशन नजिकै भएको दुर्घटनामा पछाडिका दुईवटा डिब्बा पटरीबाट खसेका थिए।  

दुर्घटना लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले एक करोड रुपैयाँबराबरको राहत घोषणा गरेका छन्। दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने उनको घोषणा छ।  

राष्ट्रपति द्रौपदी मुर्मुले शोकसन्तप्त परिवारजनप्रति समवेदना र प्रार्थना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।  

यसैबीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले घटनाप्रति दुःख व्यक्त गर्दैै चिकित्सकसहितको आपतकालीन टोली घटनास्थलमा परिचालन गरिएको बताएकी छन्।  

सिलगढीमा बिहानैदेखि भारी वर्षा भइरहेकोले उद्दार कार्य प्रभावित भएको छ। दुर्घटनापछि लामो दुरीका रेल सेवा प्रभावित भएका थिए। 

प्रकाशित: ३ असार २०८१ १६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App