२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ईरानको चेतावनी पछि अमेरिकाले लगायो कर्मचारीमाथि यात्रा प्रतिबन्ध

इजरायलमाथि ईरानले आक्रमणको चेतावनी दिएपछि अमेरिकाले आफ्ना कर्मचारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ।

इजरायलस्थित अमेरिकी दूतावासले अत्यधिक सावधानी अपनाउँदै इजरायलको राजधानी तेल अबिभ, जेरूशलम र बीयर शेवाभन्दा बाहिर यात्रा नगर्न भनेको छ।

बीबीसीका अनुसार एक अप्रिलका दिन सिरियास्थित ईरानी वाणिज्य दूतावासमाथि आक्रमण भएको थियो। जसमा १३ जना मारिएका थिए। ईरानको कुद्र्स फोर्सका एक शीर्ष कमान्डर र उनका उपप्रमुखको उक्त आक्रमणमा मृत्यु भएको थियो।

ईरानले उक्त आक्रमण इजरायल संलग्न रहेको र अक्रमणको बदला लिने चेतावनी दिइसकेको छ। तर, इजरायलले भने हालसम्म उक्त आक्रमणको जिम्मेवारी लिएको छैन।

यता, इजरायलमाथि ईरानको आक्रमणले दिएको चेतावनी पछि विभिन्न मुलुकले ईरानलाई संयमता अपनाउँदै कुरालाई अघि नबढाउन आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले ईरानलाई चेतावनी दिँदै इजरायलमाथि आक्रमण नगर्न भनेका छन् भने बेलायतले पनि ईरानलाई आक्रमण नगर्न आग्रह गरेको छ।

गाजामा इजरायल र हमासबीच जारी युद्ध पछि सिरियाका विभिन्न स्थानमा आक्रमण बढेको छ। 

प्रकाशित: ३० चैत्र २०८० १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App