दमासकस – सिरियाको उत्तरी क्षेत्रमा अवस्थित अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा यहाँका अर्धसैन्य लडाकूहरुले नियन्त्रणमा लिएका छन्।
उक्त सहरको मध्यभागमा टर्कीको सेना प्रवेश गरेको समाचार शनिबार नै आएको थियो। आइतबार सेनाले सो भागलाई पूर्ण नियन्त्रणमा लिएको जानकारी दिएको छ।
टर्कीले अफ्रिनमा हिंसा मच्चाइरहेको कुर्द लडाकू समूह वाईपीजीलाई गएको दुई महिनादेखि निशानामा पारिर खोजिरहेको थियो। उक्त समूहलाई टर्कीले आतंकवादी संज्ञा दिएको छ।
टर्कीको सेनाको सहयोगमा रहेको टर्की समर्थित लडाकूहरु आइतबार सहरको मुख्यभागमा पुगेका थिए। त्यसपछि उनीहरुले आफ्नो नियन्त्रणमा लिएको सहरको मध्यभागमा टर्कीको झण्डा फहराएका बताइएको छ।
टर्की र सिरियाको सीमावर्ती सहर हो अफ्रिन। यो सहर र वरपरका क्षेत्रबाट वाइपीजी भनिने कुर्द समूहका लडाकूहरुलाई हटाउने लक्ष्य टर्कीले थालेको थियो।
उक्त क्षेत्रमा रहेका ती लडाकूलाई हटाउने क्रममा गएको दुई महिनाको अवधिमा करिब २८० जना नागरिकको ज्यान गएको थियो। मारिनेमा कुर्द लडाकूहरु पनि थिए र सर्वसाधारण पनि परेका थिए।
सिरियाको पूर्वी गुटा क्षेत्रमा टर्की र सिरियाली सेनाले संयुक्त रुपमा कारबाही थाल्नुभन्दा केही समयअघि नै यहाँ टर्कीको सेनाको सहयोगमा टर्की समर्थित लडाकू समूहले यस्तो कारबाही थालेको बताइएको छ।
प्रकाशित: ५ चैत्र २०७४ ०८:५२ सोमबार





