७ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ईरानसँग तनाव बढेपछि इजरायलले बन्द गर्‍यो जीपीएस

इजरायल सरकारले भूगोल पत्ता लगाउन प्रयोग गरिने जीपीएस बन्द गरेको छ। ईरानसँग बढ्दै गएको तनावका कारण इजरायलको विभिन्न भागमा जीपीएसलाई ब्लक गरिएको बताइएको छ।

बीबीसीका अनुसार जीपीएस बन्द गर्नुको कारण मिसाइल र ड्रोन आक्रमणलाई रोक्नु रहेको इजरायल सरकारले बताएको छ।

मध्य इजरायलमा जीपीएस बन्दका कारण ट्याक्सी चालक र फूड डेलिभरी संस्थासहित अन्य निकायलाई पनि प्रभावित बनाएको छ।

इजरायली सेनाका प्रवक्ता जनरल हगारीले सर्वसाधारणलाई धैर्य धारण गर्नका लागि आग्रह गरेका छन्।

गत सोमवार सिरियामा ईरानको वाणिज्य दूतावास नजिकै भएको आक्रमणमा परी एकजना वरिष्ठ अधिकारीसहित १३ जना घाइते भएका थिए। आक्रमण पछि ईरानले आक्रमणको चेतावनी दिएको थियो।

ईरानको चेतानवी पछि इजराइली सेनाले आफ्ना सबै सैनिकको विदा रद्द गरिदिएको छ।

प्रकाशित: २३ चैत्र २०८० १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App