२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिजबुल्लाहका रकेट र मिसाइल युनिटका उप कमाण्डर मारेको इजरायलको दाबी

हिजबुल्लाहको रकेट र मिसाइल युनिटका उप कमाण्डर अली अबेद अख्सान नइम दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा मारिएको इजायलले दाबी गरेको छ।

इजरायल रक्षा बल(आईडीएफ)ले यसबारेमा जानकारी गराएको हो। हिजबुल्लाह अधिकारीलाई बाजोरीह क्षेत्रमा गाडीमा सवार हुँदा निशाना बनाइएको थियो।

लेबनानी सैन्य स्रोतहरूकले इजरायली हमलामा सात हिजबुल्लाह सदस्यहरू मारिएको बताए। जसमा उत्तरी सिरियामा ६ र दक्षिणी लेबनानमा एक जनाको मृत्यु भएको थियो।

लेबनानी सशस्त्र समूह हिजबुल्लाह र इजरायल बीच चलिरहेको द्वन्द्वको परिणामस्वरूप लेबनानी पक्षमा ३९५ जनाको मृत्यु भएको छ। जसमा २५४ हिजबुल्लाह लडाकु र ७३ नागरिकहरू छन्।

प्रकाशित: १८ चैत्र २०८० १०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App