२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा सिरियाका ३६ सैनिकको मृत्यु

इजरायले सिरियाको उत्तरी सहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी गरेको हवाइ आक्रमणमा ३६ सिरियाली सैनिक मारिएका छन्। शुक्रवार बिहान इजरायलले हवाई आक्रमण गरेको जनाइएको छ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जिब्रिन क्षेत्रमा रहेको हिज्बुल्लाह गोदाममा आक्रमण भएको थियो।

बेलायतमा रहेको वाचडग समूहले उत्तरी अलेप्पोको ग्रामीण इलाकामा करिब तीन घण्टासम्म चलेको आक्रमणमा सबैभन्दा बढी सिरियाली सैनिकको मृत्यु भएको बताएइको छ।आक्रमणमा सफिरा क्षेत्रमा रहेको डिफेन्स फ्याक्ट्रीहरूलाई पनि निशाना बनाइएको थियो।

प्रकाशित: १७ चैत्र २०८० १२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App