१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मस्को आतंकवादी हमलाः आज देशभर शोक मनाउन आदेश

फाइल तस्बिर

रुसको राजधानी मस्कोमा भएको आतकंवादी हमला परी ज्यान गुमाएकाहरुप्रति आज देशव्यापी शोक मनाउने भएको छ।

मस्कोमा शुक्रवार भएको गोलीकाण्ड र त्यसपछिको आगलागीमा परी १३३ जनाको मृत्यु भएको र ठूलो क्षति भएको थियो। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाको बदला लिने भन्दै आज देशभर शोक मनाउन भनेका छन्।

मस्कोको उपनगर क्रास्नोगोसकको क्रोकस सिटी हलमा कन्सर्ट हुनुअघि आतंकवादी हमला भएको थियो। जसमा १३३ जना मारिएका थिए।

आगलागीबाट करिव १३ हजार वर्ग मिटर क्षेत्र प्रभावित भएको छ। हमलामा संलग्न सबै चार बन्दुकधारीलाई पक्राउ गरिएको बताइएको छ।

इस्लामिक स्टेट समूहले शुक्रवार घटनाको जिम्मेवारी लिँदै आफ्ना लडाकूहरूले मस्कोको बाहिरी क्षेत्रमा ‘एउटा ठूलो सभा’ मा आक्रमण गरेको र ‘सुरक्षितरूपमा आफ्नो ठेगानामा फर्केको’ बताएको छ।

सामाजिक सञ्जालमा साझा गरिएको फुटेजमा केही प्रत्यक्षदर्शीहरूले माथिल्लो तलाबाट बन्दुकधारीहरूलाई गोली हानेर स्टलहरूबाट जाँदै गरेको खिचेका थिए।  

प्रकाशित: ११ चैत्र २०८० १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App