१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राहत सामग्री कुरिरहेकामाथि इजरायलको आक्रमण, सयभन्दा बढीको मृत्यु

तस्बिरः एएफपी

उत्तरी गाजामा राहत सामग्रीको प्रतिक्षा गरिरहेका नागरिकमाथि आक्रमण हुँदा करिब एक सयभन्दा बढीको मृत्यु भएको छ।

बीबीसीका अनुसार युद्धका कारण विस्थापित भएका प्यालेस्टिनी नागरिकहरू उत्तरी गाजामा राहत सामग्रीका लागि प्रतिक्षा गरिरहेको समय उनीहरूमाथि आक्रमण भएको हो।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गरेको आक्रमणमा परी राहत सामग्री कुरिरहेका सयभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको बताएका छन्। मन्त्रालयले भिडलाई लक्षित गरी इजरायली सेनाले प्यालेस्टिनी नागरिकमाथि गोलीले आक्रमण गरेको आरोप लगाएको छ।

इजरायली सेनाले भने आफ्नो ज्यान जोखिममा रहेका कारण उनीहरूमाथि आक्रमण गरेको प्रतिक्रिया दिएको छ।

प्रकाशित: १८ फाल्गुन २०८० १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App