१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नभाल्नीको शव शर्तसहित आमालाई जिम्मा लगाइयो

रूसका विपक्षी नेता एलेक्सी नभाल्नीको शव ८ दिनपछि परिवारलाई जिम्मा लगाइएको छ। १६ फेब्रुअरीमा मृत्यु भएका नभाल्नीको शवको गोप्य रुपमा अन्त्येष्ठि गर्नुपर्ने शर्तसहित आमालाई जिम्मा लगाइएको बीबीसीले जनाएको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका मुख्य आलोचकको रुपमा चिनिने नभाल्नीको रूसको आर्कटिक सर्कलको एक जेलमा मृत्यु भएको थियो।

नभाल्नीका प्रवक्ता कीरा यारमिशले शवलाई गोप्य रुपमा अन्त्येष्टि नगरे जेलमै आड्ने शर्तसहित नभाल्नीको शव जिम्मा लगाइएको बताए।

छोराको शव कहाँ राखिएको छ भनेर पत्ता लगाउन नभाल्नीकी आमा गत एक सातादेखि आर्कटिक सर्कल आसपास नै घुमिरहेकी थिइन्।

यसअघि नभाल्नीकी श्रीमति युलिया नभेलनियाले आफ्नो श्रीमान्को हत्या गरिएको दावी गरेकी थिइन्।

शवनको पोस्टमार्टम गर्न नपाइने र गोप्य रुपमा नभाल्नीको अन्त्येष्टि गर्नुपर्ने शर्तमा रूस सरकारले उनको मृत्युपत्रमा हस्ताक्षर गराइसकेको छ।

प्रकाशित: १३ फाल्गुन २०८० १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App