२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जिम्बावेमा अबदेखि कसैलाई पनि मृत्यु दण्डको सजाय नदिइने

जिम्बावे सरकारले मृत्यु दण्डको सजाय अन्त्य गरेको छ। जिम्बावेका सूचना मन्त्री जेनफैन मुसवेरेले राष्ट्रव्यापी रुपमा सङ्कलन गरिएको सल्लाह सुझावको आधारमा देशमा रहेको मृत्यु दण्डको सजाय अन्त्य गर्ने निर्णय गरिएको बताएका छन्।

बीबीसीका अनुसार जिम्बावेमा पछिल्लो २० वर्षदेखि कुनैपनि व्यक्तिलाई मृत्यु दण्डको सजाय दिइएको छैन।

सरकारको उक्त निर्णय पछि अब कैदीहरूको सजाय आजीवन कारावासमा परिणत हुनेछ।

सरकारले मृत्यु दण्डको सजाय अन्त्य गर्ने निर्णय कहिलेबाट लागू हुनेछ भन्ने विषयमा खुलाइएको छैन।

राष्ट्रपति एमर्सन मनाङ्गाग्वा जिम्बावेमा मृत्यु दण्डको सजायका विरोधी हुन्। ६० को दशकमा उनलाई पनि मृत्यु दण्डको सजाय सुनाइएको थियो। तर, पछि उनको सजाय रद्द गरेर कारावासमा परिणत गरिएको थियो। 

प्रकाशित: २५ माघ २०८० ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App