१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इराकमा एक दशकपछि पहिलो पटक प्रान्तीय निर्वाचन सम्पन्न

राजनीतिक मतभेदका कारण १० वर्षको अन्तरालपछि इराकमा देशका १८ प्रान्तमध्ये १५ वटा प्रान्तमा प्रादेशिक निर्वाचन सम्पन्न भएको छ। इराकीहरूले बगदाद र अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रका तीन प्रान्तहरू बाहेक सबै प्रान्तहरूमा इराकीहरूले मतदान गरेकाले सुरक्षा व्यवस्था मजबुत पारिएको थियो।

जसका लागि ७ हजार १६६ मतदान केन्द्र सञ्चालनमा ल्याइएको थियो। इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगको तथ्याङ्कअनुसार दुई दिनअघि प्रारम्भिक मतदानमा मतदान गरेका सुरक्षाकर्मी र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू सहित करिव १ करोड ६० लाख मानिसहरू प्रान्तीय निर्वाचनमा मतदान गर्न योग्य रहेका थिए। गत साता शनिवार निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी प्रारम्भिक मतदान ६७ प्रतिशत पुगेको बताएको थियो।

 यसले सुरक्षा बल र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको लागि प्रारम्भिक मतदानमा १० लाख ५० हजार ६५३ योग्य मतदाताहरू मध्ये ७ लाख ६ हजार १०५ जनले आफ्नो मत दिएका थिए। २ सय ८५ सिटका लागि चुनावी प्रतिष्पर्धामा रहेका ५ हजार ९०१ उम्मेदवारबाट मतदाताले प्रादेशिक परिषद्का लागि नयाँ सदस्य चयन गर्ने अपेक्षा गरिएको छ। इराकमा पछिल्लो प्रान्तीय निर्वाचन अप्रिल २०१३ मा भएको थियो।

प्रकाशित: ४ पुस २०८० ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App