१७ फाल्गुन २०८० बिहीबार
अन्तर्राष्ट्रिय

भारतको मणिपुरमा फेरि हिंसा भड्कियो, १३ जनाको मृत्यु

भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। जसमा १३ जना मारिएका छन्। मणिपुरको टेङ्ग्नौपाल जिल्लामा सोमवार दिउँसो हिंसा भड्किदा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

टेङ्ग्नौपाल जिल्लाका एक प्रहरी अधिकारीका अनुसार सैबोल भन्ने स्थानमा लीथु गाउँमा  चरमपन्थीहरूको दुई समूहबीच भएको झडपमा १३ जना मारिएका हुन्। घटनाको विषयमा अनुसन्धान सुरु भएको पनि ती प्रहरी अधिकारीले बताएका छन्।

मणिपुरमा गत मे ३ देखि मैतेयी र कुकी समुदायबीच हिंसा सुरु भएको हो। जसमा हालसम्म २ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ६० हजारभन्दा बढी विस्थापित भएका छन्।

प्रकाशित: १९ मंसिर २०८० ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App