भारतको उत्तराखण्डमा निर्माणाधीन एक सुरुङ भत्कदा सुरुङभित्रै फसेका कामदारहरूको १० दिनसम्म उद्धार हुन सकेको छैन।
सुरुमा सानो पाइपमार्फत ड्राइ फुडस दिँदै आइएकोमा सोमबार देखि सुरुङमा ६ इन्च गोलाईको अर्को पाइप छिराएर कामदारलाई खाना दिइएको छ। यसै गरी अर्को पाइप मार्फत अक्सिजनको आपूर्ति गरिएको छ।
गत नोभेम्बर १२मा उत्तराखण्डको उत्तर काशी जिल्लामा सो निर्माणाधीन पहिरोका कारण भत्केको थियो।
सुरुङभित्र इन्डोस्कोपिक क्यामरा छिराएर सोमबार खिचिएको भिडियोमा ४१ जना कामदारहरू सकुशल रहेको देखिन्छ। क्यामेरामा ती कामदारले सोधिएका प्रश्नहरूको उत्तर दिएका थिए।
फसेका कामदारलाई उद्धार गर्न दुई छुटै सुरुङ खनिने अधिकारीले बताएका छन्। कमलो माटो र पहिरोका कारण चटान खसीरहेको कारण उद्धार कार्यमा ढिलाई भएको बताइएको छ।
भारतका केन्द्रीय मन्त्री नितिन गड्करीले आइतबार दुर्घटना स्थलको भ्रमण गरेर केही दिनमा उद्धार कार्य सफल हुने बताएका थिए। फसेका कामदारलाई उद्धार गर्न माथिबाट १०३ मिटर ड्रिलिग गर्नुपर्ने देखिएको छ। यसै गरी सुरुङको मुख खोल्ने प्रयास पनि जारी छ। उद्धार कार्यमा २०० जना उद्धारकर्मी सहभागी छन्।
प्रकाशित: ५ मंसिर २०८० १४:०५ मंगलबार





