१६ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

समय अगावै जन्मेका १२ नवजात शिशुमा गम्भीर सङ्क्रमण देखिए पछि इजिप्ट पठाइयो

तस्बिर सौजन्यः विश्व स्वास्थ्य सङ्गठन

गाजाको अल–शिफा अस्पतालमा रहेका २८ जना नवजात शिशुलाई इजिप्ट पठाइएको छ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार ४० हप्ता अघि नै जन्मेका २८ जना नवजात शिशुलाई इजिप्ट पठाइएको हो।

सङ्गठनले १२ नवजात शिशुको थप उपचारका लागि इजिप्टको काहिरा पठाइएको र ३१ हप्तामै जन्मेका कारण उनीहरूमा गम्भीर सङ्क्रमण देखिएको पनि बताएको छ।

बीबीसीका अनुसार विश्व स्वास्थ्य सङ्गठनले अस्पतालमाथि भएको आक्रमणलाई भयावह भन्दै गाजामा बालबालिकाको अवस्था थप दयनीय बन्दै गएकोमा चिन्ता व्यक्त गरेको छ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणका कारण हालसम्म १३ हजार ३ सयभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। जसमा ५ हजार ६ सयभन्दा बढी बालबालिका रहेका छन्।

प्रकाशित: ५ मंसिर २०८० ०८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App