२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली सेनाले भन्योः हामीले गाजा सहरलाई घेरिसक्यौँ

इजरायली सेनाले गाजा सहरलाई घेराबन्दी गरेको दावी गरेको छ। इजरायलको डिफेन्स फोर्सेजका प्रवक्ता डेनियल हगारीले हमासविरुद्ध जारी युद्धमा इजरायली सेनाले गाजा सहरलाई घेराबन्दी गरेको दावी गरेको बीबीसीले जनाएको छ। उनले इजयराली सेनाले हमासको विभिन्न स्थानमा आक्रमण गरिरहेको पनि बताए।

गाजापट्टीको उत्तरी क्षेत्रमा स्थित गाजा सहर युद्ध सुरु हुनु अघि घना बस्ती भएको क्षेत्र थियो। जहाँ ७ लाखभन्दा बढी मानिसहरू बसोबास गर्दै आएका थिए। तर, १३ अक्टुबरमा इजरायलले त्यहाँको उत्तरी गाजाका मानिसलाई दक्षिणी क्षेत्रमा जानका लागि चेतावनी दिएको थियो। त्यसपछि गाजा सहर प्रायः सुनसान बनेको छ।  

इजरायली सेनाले पटक–पटक गाजा सहरमा हमासको गतिविधिको ठूलो केन्द्र रहेको भन्दै त्यसलाई नष्ट पार्ने चेतावनी दिँदै आएको छ।

हमास र इजरायल युद्धमा परी दुबै तर्फको गरी हालसम्म ११ हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन्। 

प्रकाशित: १७ कार्तिक २०८० ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App