२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडन इजरायल भ्रमणमा जाँदै, यी विषयमा हुनेछ छलफल

अमेरिकी राष्ट्रपति जो बाइडन युद्धमा होमिएको इजरायल भ्रमणमा जाने भएका छन्।

बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले राष्ट्रपति बाइडन भोलि (बुधवार) इजरायल भ्रमणमा जाने बताएका हुन्।

सोमवार शीर्ष अमेरिकी राजनीतिज्ञ, विदेश मन्त्री ब्लिङ्कन र इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच भएको करिब ७ घन्टा लामो कुराकानी पछि अमेरिकी राष्ट्रपति बाइडनको इजरायल भ्रमण घोषणा भएको हो।

अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले राष्ट्रपति बाइडनलाई इजरायलमा जारी युद्धको विस्तृत व्योहोरा र युद्धको रणनीतिबारे जानकारी दिइने बताए। साथै इजरायले आफ्नो अभियानलाई कसरी अगाडी बढाउँछ जसले नागरिकको मृत्यु नहोस् र प्यालेस्टानी नागरिकसम्म सहयोग पुर्याउन सकियोस् भन्ने अनुमति पाउने विषयमा पनि छलफल हुनेछ।

राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जन किर्बीले अमेरिकीि राष्ट्रपति बाइडनले सुरक्षित मार्ग तयार गर्ने विषयमा पनि छलफल गर्ने बताए। उनले सुरक्षित मार्ग तयार भएपछि नारिकलाई गाजा छोड्न सहज हुने बताए।

बाइडन आफ्नो इजरायल भ्रमण सकेर जोर्डनका लागि रवाना हुनेछन्।

प्रकाशित: ३० आश्विन २०८० ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App