२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाइडनले भनेः गाजामाथि कब्जा गर्नु इजरायलको ठूलो गल्ती हुनेछ

अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायलले गाजा क्षेत्रमाथि कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन्।  

स्थानीय सञ्चारमाध्यममा अन्तरवार्ता दिने क्रममा उनले प्यालेस्टाइन र प्यालेस्टाइनमा बसोबास गर्ने सबै हमासका प्रतिनिधित्व नगर्ने भएकाले गाजा क्षेत्रमाथि इजरायलले कब्जा गर्नु ठूलो गल्ती हुने बताए।

बीबीसीका अनुसार राष्ट्रपति बाइडनले गाजा क्षेत्रमा रहेका चरमपन्थीलाई भने बाहिर निकाल्न आवश्यक रहेको भन्दै  इजरायलले युद्धका नियम अनुसार कारबाही गर्ने पनि विश्वास व्यक्त गरे।

हमासबाट आफ्नो रक्षा गर्नु इजरायलको अधिकार र कर्तव्य रहेको भन्दै उनले पछिल्लो एक सातामा हमासले गरेको आक्रमणलाई दुष्टको काम रहेको संज्ञा दिए।

हालसम्म गाजा क्षेत्रमा मात्रै २ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने इजरायलमा १ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ।  

हमासविरुद्धको लडाई जित्नका लागि इजरायलले गाजामा रहेका ११ लाख नागरिकलाई सहर छोड्न भनिसकेको छ।  

प्रकाशित: २९ आश्विन २०८० ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App