नयाँ दिल्ली – भारतको उत्तर प्रदेशस्थित एक उर्जा केन्द्रमा विष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन्।
उत्तर प्रदेशमा पर्ने रायबरेली जिल्लामा रहेको नेशनल थर्मल कर्पाेरेशन लिमिटेड (एनटीपिसी ) मा विष्फोट भएको हो । घटनामा घाइते भएकाहरूको भारतको विभिन्न अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
५ सय मेगावाट विघुत् उत्पादन गर्नका लागि गरिएको भूमीगत परीक्षण पश्चात् उक्त दुर्घटना भएको हो।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृत्तक परिवारलाई जनही रूपमा २ लाख दिने घोषणा गर्दै घाइतेहरूको उचित उपचार गर्नका लागि अस्पताललाई निर्देशन दिएका छन्।
प्रकाशित: १६ कार्तिक २०७४ ०६:३१ बिहीबार