४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

भियतनामकाे बाढी र पहिरोमा परी ३७ जनाको मृत्यु

हनोई - दुई दिनदेखि भियतनामको उत्तरी र मध्य क्षेत्रमा जारी रहेको वर्षा र त्यसपछि आएको बाढी पहिरोका कारण कम्तीमा पनि ३७ जनाको जनाको मृत्यु भएको समाचार छ । सो बाढीका कारण करिब ४० जना स्थानीय नागरिक हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त पछिल्लो समाचार अनुसार बिहीबार पनि बाढीको प्रकोप घटेको छैन ।

हराइरहेका व्यक्ति जिवितै भेटिने सम्भावना कम रहेको उद्वारकर्मीहरुले जनाएका छन् । उनीहरुका अनुसार वर्षा नरोकिएकोले बाढी झन बढेको छ । यसले गर्दा उद्वारकार्य कठिन भएको छ । वर्षाका कारण कतिपय बाँधहरू भत्किएका छन् भने ठाउ ठाउमा पहिरो गएको छ । बाढीका कारण करिब तीन हजार घरमा क्षति पुगेको छ । यसले गर्दा यहाँको जनजीवन अस्तव्यस्त भएको छ । यस बाढीका कारण सबैभन्दा बढी प्रभावित हुनेमा होवा बिन प्रान्त परेको छ । सो प्रान्तमा मात्र ११ जनाको ज्यान गएको छ । यहाँबाट २१ जना हराईरहेका छन् ।

मङ्गलबारदेखि भीषण वर्षा जारी छ । बाढी पहिरोले थान्ह होआ र होआ बिन प्रान्तमा रहेका जलविद्युत योजनामा क्षति पुर्याएको छ । बाढीबाट विस्थापित भएका हजारौँ नागरिकलाई शिविर बनाएर राखिएको छ । सरकारले ती राज्यमा सङ्कटकालिन अवस्थाको घोषणा गरेर उद्वारलाई सक्रिय बनाएको बताएको छ ।

 

प्रकाशित: २६ आश्विन २०७४ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App