४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतले क्यानेडियन राजदूतलाई भन्यो ५ दिनभित्र देश छोड्नुस्

क्यानडा सरकारले भारतीय राजदूतलाई निकालेको २४ घन्टा नबित्दै भारतले पनि क्यानडाका राजदूतलाई देश निकाला गरेको छ।

बीबीसीका अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्त अरिन्दम बागचीले भारतका लागि क्यानडाका राजदूतलाई ५ दिन भित्र देश छोड्न आदेश दिएको बताएका छन्।

भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘भारतले क्यानेडियन कुटनितिज्ञलाई निकाला गरेको छ। क्यानडाका उच्चायुक्तलाई पत्र पठाउँदै सम्बन्धित कुटनितिज्ञले ५ दिनभित्र भारत छोड्न आदेश गरिएको छ।’

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडमा भारतीय मुलका नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए भने भारतीय कुटनितिज्ञ पवन कुमार रायलाई देश निकाला गरेका छन्। जसको जवाफमा भारतले पनि क्यानेडियन कुटनितिज्ञलाई देश निकाला गरेको हो।  

भारतमा हालै सम्पन्न जी–२० सम्मेलनमा सहभागि हुन आएको बेला पनि क्यानडाका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता र खासै लगाव नभएको विषयले चर्चा पाएको थियो।  

प्रकाशित: २ आश्विन २०८० ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App