२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाली नेता किम र रूसी राष्ट्रपति पुटिनबीच आज भेटवार्ता हुने

उत्तर कोरियाका नेता किम जोङ्ग उन र रूसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता हुने भएको छ।

उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएका अनुसार उनसँग उनका सैन्य प्रमुखसहित वरिष्ठ सरकारी अधिकारीहरू पनि रूस पुगेका छन्। यसअघि किम र पुटिनबीच सन् २०१९ मा भेटवार्ता भएको थियो। 

दुबै नेताबीचको बैठक मङ्गलवार नै हुने सम्भावना रहेको बीबीसीले लेखेको छ। बैठकमा युक्रेनमा जारी युद्धका लागि उत्तर कोरियाको तर्फबाट रूसलाई आवश्यक हथियार उपलब्ध गराउने विषयमा छलफल हुने अनुमान गरिएको छ।

दुई शक्तिशाली देशका प्रमुखबीच हुने भेटवार्ताले अमेरिकासहित पश्चिमी मुलुक भने चिन्तित बनेका छन्।

प्रकाशित: २६ भाद्र २०८० ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App