१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वर्तमान युद्धबाट समस्या समाधान नभए देश टुक्रिन सक्छ: सुडानी कमान्डर बुर्हान

सुडानका सङ्क्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमान्डर अब्देल फताह अल बुर्हानले वर्तमान युद्धबाट समस्या समाधान नभए देश टुक्रिन सक्ने चेतावनी दिएका छन् ।

बिहीबार उनले पूर्वी सुडानको रेड सी राज्यको राजधानी शहर पोर्ट सुडानमा सुडानी प्रहरी नेताहरुलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन।उनले आफूहरू देशमा युद्धको सामना गरिरहेको र यदि आवश्यकता अनुसार छिटो समाधान नभए देश टुक्रिन सक्ने खतरा रहेको बताए ।

उनले युद्ध अन्त्य गर्न जोड दिँदै युद्धपछिको व्यवस्थाका लागि तयार रहन नागरिकसँग आहन गरे । उनले अधै सैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) का लडाकुहरूलाई आफ्नो हतियारसहित आत्मसमर्पण गर्न आग्रह गरे।

आरएसएफले दारफुर र खार्तुममा युद्ध अपराध गरेको र जिम्मेवार व्यक्तिहरू जबाफदेही बन्नुपर्ने बताए ।

 

प्रकाशित: १५ भाद्र २०८० १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App