४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसी रक्षामन्त्री उत्तर कोरिया भ्रमण गर्दै

फाइल तस्बिर

रूसका रक्षामन्त्री सर्गेई शोइगु कोरियाली युद्धविरामको वार्षिकोत्सव मनाउन उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्।

प्योङयाङको सरकारी समाचार माध्यमले कोरोना महामारीलगायत कारणबाट लामो समयसम्म हुन नसकेका उच्चस्तरीय भ्रमण एवम् आदानप्रदान अब पुनःखुल्ने जनाएको छ।

चिनियाँ प्रतिनिधिमण्डल पनि सोही कार्यक्रममा सहभागी हुने पुष्टि भएको भोलिपल्ट रुसी रक्षामन्त्रीको घोषणा सार्वजनिक भएको हो।

रक्षा मन्त्री सर्गेई शोइगुको नेतृत्वमा रूसी महासङ्घको एक सैन्य प्रतिनिधिमण्डल यसैसाता प्योङ्योङ पुग्ने बताइएको छ।

युद्धविरामको वार्षिकोत्सवमा धेरै चिनियाँ कूटनीतिज्ञ उपस्थित हुन जनाएको छ। विश्वबाट एक्लिएको उत्तरका सिमाना सन् २०२० मा कोभिड महामारीका कारण बन्द भएको थियो।

प्योङयाङले युद्धविराममा हस्ताक्षर गरेको ७० वर्ष पूरा भएको अवसरलाई विजय दिवसका रुपमा मनाउन यो साता ठूलो सैन्य परेडलगायत कार्यक्रम आयोजना हुने अपेक्षा गरिएको सोलस्थित एनके न्यूजले जनाएको छ।

प्रकाशित: ९ श्रावण २०८० ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App