१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भर्जिनियामा दीक्षान्त समारोह स्थल बाहिर गोली चल्दा दुईकाे मृत्यु, पाँच जना घाइते

तस्बिरः एपी

अमेरिकाको भर्जिनियाको रिचमण्डमा एक हाईस्कूलको दीक्षान्त समारोह भइरहेको थियटर अगाडीको पार्कमा अन्धाधुन्ध गोली चलेको छ। सो गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको बीबीसीले जनाएको छ।  

मंगलबार साँझ सवा ५ बजे अल्‍ट्रिया थियटरमा हाइस्कूल विद्यार्थीहरूको दीक्षान्त समारोह चल्दै गर्दा थियटर बाहिर रहेको मोनरो पार्कमा अन्धाधुन्ध गोली चलेको हो।

मारिनेहरूमा स्नातक कक्षामा अध्ययनरत १८ वर्षीय पुरुष र उनका ३६ वर्षीय बुबा रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको परिचय भने सार्वजनिक गरेको छैन।

गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

प्रकाशित: २४ जेष्ठ २०८० ०४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App