१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पकी नातिनीले वाचन गरेको चिनियाँ कविताको भिडियो भाइरल

वासिङटन–अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पको जित चीनका लागि आश्र्चयको विषय हुनसक्छ । तर ट्रम्पकालागि भने बेइजिङसंगको सम्बन्ध विस्तारकालागि आफ्नो नातिनी सहयोगी बन्न सक्छिन्। ट्रम्पको नातिनी अराबेला कुस्मेरले मेन्डारिन भाषामा पढेको कविता अहिले चीनमा भाइरल भएको छ। आराबेल इभाका ट्रम्पकी छोरी हुन्।

ट्रम्पकी ५ वर्षीया नातिनी अराबेलाले गत फेब्रुअरीमा नै कविता बाचन गरेको भिडियो समाजिक संजाल इस्ट्राग्राममा पोष्ट  गरेपनि ट्रम्प राष्ट्रपतिमा विजयी भएपछि मात्र सो भिडियो भाइरल भएको हो। उनले चीनको सांस्कृतिक पहिचान झल्काउँदै चीनको नयाँ वर्षको अवसरमा उक्त कविता वाचन गरकी थिइन्। उनको शब्द उच्चारणलाई इस्ट्राग्रामका प्रयोगर्ताहरुले अद्भुत क्षमता भन्दै प्रशंषा गरेका छन्। तर केही प्रयोगकर्ताले भने ट्रम्पको चतुराइका कारण चाइनिज भाषा बुझ्नुको आवश्यकता नभएको बताएका छन्।

ट्रम्पले आफ्नो चुनावी अभियानमा चीनको मौद्रिक नीति तथा बैदिक चोरीको बारेमा चर्को आलोचना गरको थिए। उनको सो अभिव्यक्तिप्रति चीनको सरकारी समाचार संस्था सिन्ह्वाले भने अमेरिकी  प्रजातन्त्र खतरामा रहेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको थियो।

तर चिनियाँ राष्ट्रपति सि जिङ पिङले भने ट्रम्पसँग सहकार्य गर्दै अगाडि बढ्न इच्छुक रहेको बताएका थिए । सि ले भनका थिए, ‘म अब संवाद र सहकार्यको माध्यमबाट अमेरिका र चीनका बीचमा रहेको मैत्री सम्बन्ध अझ प्रगाढ हुनेमा विश्वस्त छु।’ उनले दुई देशबीच आपसी सहमतिबाट दुवेको हित हुने गरी सहकार्य गर्न आफू तयार रहेको बताएका थिए।

 

 

प्रकाशित: १ मंसिर २०७३ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App