६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा जिउँदै जलाएर भारतीयको हत्या

ब्रिजबेन (अष्ट्रेलिया)— एक भारतीय बस चालकको अष्ट्रेलियामा जिउँदै जलाएर हत्या गरिएको छ। मनमित अलिशेर नाम गरेका ती चालकको शरीरमा यात्रुले पेट्रोल खन्याएर आगो सल्काइदिएका थिए।

मनमीत पञ्जाबी मूलका अष्ट्रेलियाली नागरिक थिए। उनी भारतीयबीच राम्रो गायक र डान्सरका रुपमा पनि परिचित थिए। उनको विवाहको मिति तय भइसकेको थियो। एक ट्याक्सी ट्राइभरले बसको पछाडिको ढोका खोलेपछि बसभित्र रहेका ६ जना सुरक्षित बाहिर निस्कन सकेका थिए। बस आगलागीहुँदा ११ यात्रु घाइते भएका छन्।

अष्ट्रेलियामा परापूर्व कालदेखि बसोबास गर्दै आएका स्थानीयले भारतीय मूलका व्यक्तिहरुलाई मन पराउँदैनन्। सन् २००४ देखि २००९ सम्म भएको हिंसामा ३३ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: १२ कार्तिक २०७३ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App