ब्राजिलका महान फुटबलर पेलेले सोमबार आफ्नो देशको राष्ट्रिय टोलीलाई दक्षिण कोरिया बिरूद्धको विश्वकप खेलमा अस्पतालबाटै हर्षोल्लास दिने बताएका छन्।
'सन् १९५८ मा, मैले मेरो बुबालाई गरेको वाचा पूरा गर्ने सोच्दै सडकमा हिँडें,' तीन पटकको विश्वकप विजेता रहेका उनले तत्कालीन १७ वर्षीय पेलेको तस्बिरसँगै ट्विटरमा लेखे। 'मलाई थाहा छ आज धेरैले यस्तै वाचा गरेका छन् र आफ्नो पहिलो विश्वकप पनि खोजिरहेका छन्। म अस्पतालबाट खेल हेर्दैछु र म तपाईंहरू प्रत्येकको लागि रुट गर्दैछु। भाग्यले साथ दिओस्'
८२ वर्षीय पेलेलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो। फुटबलर पेलेले क्यान्सर विरुद्धको लडाईमा केमोथेरापी पनि गराइरहेका छन्। श्वासप्रश्वासको संक्रमणबाट पूर्ण रूपमा निको भए पश्चात साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पताल छोड्ने अपेक्षा गरिएको छ यद्यपि यो कहिले निको हुन्छ भन्न सकिने अवस्था छैन।
प्रकाशित: २० मंसिर २०७९ ०२:२० मंगलबार