दमौलीमा बढे ज्वरो र झाडापखालाका बिरामी
मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ ।
मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ ।
कारागार व्यवस्थापन विभाग, केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ एवं चुस्त बनाएको छ।
ईशापूर्व २७०० र २१८० ताका इजिप्टको एबुसिर स्थित चिहानमा गाडिएका ६९ मानिसको कंकाल अध्ययन गरिएको थियो। तीमध्ये आधा कागजका काम गर्नेहरू (अहिलेको भाषामा भन्दा लेखक)मा डाढको समस्या देखिएको थियो।
अहिले देशभर भइरहेको वर्षा रोकिएलगत्तै डेंगी संक्रमण फैलिने र डेंगीसँगै जिका भाइरस र चिकनगुनियाँ फैलिने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले औंल्याएको छ।
लुम्बिनी प्रदेशलाई नै पूर्ण खोप प्रदेश घोषणा गर्न बाधक बन्दै आएको कपिलवस्तुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ। जिल्लामा रहेको १५ महिना देखि ५९ महिना सम्मका सबै बालबालिकाहरू खोपको पहुँचमा पुगेको प्रतिवेदन प्रस्तुत गदै जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।
कोसी प्रदेश पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश भएको घोषणा गरेका हुन्।
टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा सुरु भएको छ ।मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि आइतबारदेखि अस्पतालमा डाइलासिस सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए।
सङ्घ, प्रदेश र स्थानीय तहले समन्वयका साथ काम नगर्दा नागरिकहरू सरकारप्रति सन्तुष्ट देखिँदैनन्। अब बन्ने नयाँ सरकारले विपद् व्यवस्थापनमा पूर्वतयारी गर्न आवश्यक रहेको विज्ञहरुले सुझाव दिएका छन्।
आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ । दुई वर्ष अगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए ।
बैतडीको पञ्चेश्वर गाउँपालिकामा सञ्चालित बर्थिङ सेन्टर (प्रसूति केन्द्र) बन्द हुँदा स्थानीयलाई समस्या भएको छ। पालिकाले बजेट अभावको कारण देखाउँदै यहाँका आम्चोरा, रोडीदेवल र वडा नं १ मा गरी चारवटा केन्द्र बन्द गरेपछि समस्या भएको हो।
चार वर्षअघि विश्वभर फैलिएको कोभिड–१९ महामारीले केही खास व्यक्तिलाई छुन सकेन। त्यस प्रकारको रोग प्रतिरक्षा गर्न सक्ने अदभूत क्षमताका लागि आनुवंशिक कारण रहेको एक अध्ययनले देखाएको छ।
म्याग्दीका स्वास्थ्य संस्थामा प्रयोग गरिने खानेपानीमा दिसामा हुने जीवाणु ‘ई कोली’ को मात्रा उच्च रहेको पाइएको छ।
कतिपय गर्भवतीलाई कतिपय खानेकुरा खान मन नलाग्न सक्छ । अरुची हुने वा अमन हुने हुन सक्छ । यस्तोमा आफूलाई मनपर्ने खानेकुरा बढी लिन सकिन्छ तर त्यसमा पोषणतत्वको मात्रा भने सन्तुलित बनाउन आवश्यक छ ।
गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी बढेका छन्।
दशवटै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बुधवार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो।
कुनै पनि शिशु अति कम तौलका जन्मिएका छन् भने विशेष केयर र उपचारविना बचाउनै मुस्किल हुन्छ। उनीहरूको शारीरिक तापक्रम कम, श्वास फेर्न गाह्रो, रोग संक्रमणको जोखिम र पर्याप्त हेरचाह नभएमा मृत्युसमेत हुन्छ।
‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अंग प्रत्यारोपण कठिन भइरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले बुधबार सकुशल उद्धार गरेको छ । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन् ।
नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थाका रूपमा पनि विकास गर्नुपर्ने बताएका छन्।
नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरुआत गरेको छ।
परीक्षणको क्रममा एकजना महिलाले उक्त औषधिको दोहोरो मात्रा लगाउँदा एचआईभी सङ्क्रमण हुनबाट जोगिएको बताइएको छ।
नेपाल सरकारले प्राथमिकतामा रहेका विभिन्न ५२ संक्रामक रोगको सूची सार्वजनिक गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ।