मानिसहरु जाडो मौसम भन्ने बित्तिकै तातो पानीले नुहाउनु पर्छ ,तातो पानीले नुहाउँदा फाइदा मिल्छ भन्ने बुझाइ छ । कतिपयले चिसो पानीले नुहाएपछि एकछिनमा न्यानो हुन्छ । या तातो पानीले नुहाएमा चिसो लाग्दैन । प्राय: यी दुई कुराको बिषयमा अन्यौलमा हुन्छन ।
खासमा कुन पानीले नुहाउँदा बढी लाभदायक हुन्छ ? उत्तर प्रदेशका कैशाल अस्पताल नोयडाका बरिष्ठ चर्म तथा यौन रोग बिशेषज्ञ डा. अञ्जु झाका अनुसार धेरै तातो पानीले नुहाउँदा कोही मानिसलाई असर गर्छ कसैलाई असर गर्दैन । पहिलादेखि तातो पानी नलिएक एवं नरम छाला भएकाहरमा एक्जिमा हुने सम्भावना बढ्छ । नरम छाला सुन्निने र चिलाउने र रातो दाग आउने समस्या हुन सक्छ ।
सन् २०२२ मा प्रकाशित इन्टरनेशनल जर्नल अफ साइंटिफिक रिसचर्ज एण्ड इन्जिनियरिङ डेवलप्मेन्टको प्रतिवेदन अनुसार शरीरको बाहिरी सतहमा केरेटिन कोष हुन्छ । तातो पानीले नुहाउँदा केरेटिन कोषमा असर पर्छ । जसले गर्दा छालामा एन्जिमा(एलर्जी) जस्तो रोग बढ्न सक्छ ।
अपोलोज हस्पिटलका छालारोग बिशेषज्ञ डाक्टर डीएम महाजनको अनुसार पनि कसैको पहिला नै छालामा एलर्जी छ भने तातो पानीले नुहाउनु धेरै खतरनाक हुन्छ । एलर्जी छालाको रोग भएकोले छालालाई सुख्खा तथा रातो बनाउँछ । जसको छालामा ‘लिसाइथीमिया वेरा अर्थात जसको शरीरमा रातो रक्तकोषिका हुने समस्या छ । उनीहरुले पनि तातो पानीले नुहाउनु हुँदैन । उनीहरु तातो पानीले नुहाउने बिषयमा सर्तक हुनु पर्छ । ‘यस्तो रोग भएका मानिसहरु धेरै तातो पानीले नुहाएमा छाला रातो देखिन थााल्छ’ उनले भने ।
जाडोमा धेरै चिसो पानीले नुहाएमा भारतका बरिष्ठ न्युरोलोजिष्ट डा. प्रतिक किशोरले भने रक्तनलीले तुरुन्तै प्रतिक्रिया जनाउने बताउँछन । डा. प्रतिक भन्छन,‘ धेरै तातो पानीले नुहाएमा रक्तनली साँघुरिन सक्छ र यसले रक्तचाप बढन सक्छ, अर्थात मुटुको चाल बढ्न सक्छ ’ । रक्तनलीमा तातो पानीमा पुगेपछि रक्तचाप कम पनि हुन सक्छ या बेहास हुन सक्छन, यसकारण धेरै तातो पानीबाट बच्न आवश्यक छ’ । यसको साथै पहिलादेखि नै मुटुजन्य रोग,रक्तनलीको रोग, उच्च रक्तचापका विरामीको लागि अचानक तापमानमा परिवर्तन हुनु बढी खतरा हुन्छ । उनले भने, ‘ धेरै चिसो पानीले रक्तचापलाई बढाउन सकछ, यो हृदयघात या मस्ष्तिकघातको जोखिम बढाउँछ’ । चिसो पानीले नुहाउनको लागि डाक्टर अञ्जुको यसो भन्छिन, ‘ धेरै चिसोमा धेरै चिसो पानीले नुहाउन पनि शरीरको लागि घातक सावित हुन सक्छ’ ।
उनले यस्तो स्थितिमा रक्तसञ्चार वन्द भई हातको औला चिलाउने, औलावाट टाउकोसम्म र टाउकोदेखि खुट्टासम्मको औलाहरुमा नीलो हुने, सुन्निने, पोल्ने हुन सक्छ, यो समस्या चिसोको कारण रक्तसञ्चारमा अवरोध भएकोले हुन्छ’ । उनले यो जाडोमा धेरै चिसो पानीले नुहाउनु नहुने र शरीररको तापक्रम सन्तुलित राख्न सुझाउँछिन ।
डा. अञ्जु भन्छिन,‘ सानो बच्चा तथा बुढाबुढीको छाला संवेदशनशिल हुन्छ, धेरै तातो पानीले नुहाउँदा उनीहरुको छाला सुख्खा हुने, पोल्ने र फुट्ने जस्ता समस्या बढ्छन ’। उनी भन्छिन,‘ जाडोमा मनतातो पानीले नुहाउनु उचित हुन्छ, यसको साथै नुहाएपछि छालामा मस्चराइजर क्रिम लगाउनु पर्छ, ताकि सुख्खा छालाको कारण नफुटोस’ ।
ग्रामिण भेगमा धेरैजसो बोरिङ या कलको पानीले नुहाउने चलन छ । यस्तो पानी हल्का तातो पानी निस्कने कारण तातो पानीको बिकल्पमा यस्तो पानी प्रयोग गर्छन । तर चिकित्सक यस्तो पानीको प्रयोग चेतावनी दिएका छन । जमिनवाट निस्कने पानीमा खनिज पदार्थको कारण तातो हुन्छ । यस्तो पानीले नुहाउँदा मानिसहर आरम महसुस गर्छन । तर यस्तो पानीले छाला तात्ने र चिलाउने समस्या आउन सक्ने बताउँछन ।
डा. डिएम महाजन यस्तो पानीले छाला चिलाउने र पोल्ने समस्या आउने बताए । यस्तो पानीमा खनिजको मात्रा बढी हुने भएकोले क्लोराइडस, सल्फेट्स या नुनजन्य पदार्थको मात्र ज्यादा हुने भएकोले कडापन पानीको श्रेणीमा पर्छ । ‘पानीमा हुने कडापनले छालाको प्राकृतिक तेलको नष्ट गर्छ , यस्तो छालामा सुख्खापन हुने चिलाउने, पोल्ने जस्ता समस्या बढ्छ ’ । यसको साथै यस्तो पानीमा धेरै खनिज हुने भएकोले कपालमा सुख्खापन हुन्छ र कपाल टुक्रिन सक्ने डा. महाजन बताउँछन । यस कारण जमिन मुनिको पानी तातो भएपनि नुहाउनु उचित हुँदैन ।
डा. प्रतिक जीवनशैलीपरक रोगहरु उच्चरक्तचाप, मुटुजन्य रोग भएका व्यक्तिहरुको लागि बढी चिसो ताफक्रम जोखिम भएकोले उनीहरुले सन्तुलित तापक्रममा रहन सुझाउँछन ।
कपालमा कस्तो असर पर्छ ?
तातो पानीले कपालमा पनि असर पर्छ । बिशेषज्ञको अनुसार कपाल सुख्खा हुने र कपाल टुक्रिने समस्या हुन्छ । डा. डिएम महाजन भने,‘ छालामा जस्तै कपालमा पनि प्राकृतिक तेल हुन्छ, धेरै तातो पानीले कपालमा भएको प्राकृतिक तेल बाहिर निस्कन्छ, जसको कारण कपाल सुख्खा हुन्छ ’ । यो समस्याको लागि चिकित्सकले धेरै चिसो र धेरै तातो पानीले नुहाउनु भन्दा संधै भरी मनतातो पानीले नुहाउनु उचित हुने सुझाव दिने गरेका छ्न । बीबीसी हिन्दीबाट
प्रकाशित: ४ मंसिर २०८२ २२:०४ बिहीबार





