५ श्रावण २०८३ मंगलबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले गर्‍यो ११ औं तहका सात कर्मचारीको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार स्वास्थ्यका ११ औं तहका ७ कर्मचारीहरूको सरुवा तथा जिम्मेवारी परिवर्तन गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रिस्तरीय निर्णय गरी तीन वटा महाशाखाका प्रमुखहरूको सरुवा र पदास्थापन गरेकी हुन्।

मन्त्रालयको प्रशासन शाखाको अनुसार नयाँ टोलीमा राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने र हालै डा. गुणनिधि शर्मालाई मन्त्रालयमा पदस्थापनका लागि बोलाइएको छ। उनीहरूको जिम्मेवारी कुन महाशाखाका भन्ने यकिन भइसकेको छैन।

मन्त्रालयको समवन्य तथा गुणस्तर महाशाखाका प्रमुख डा. भीम सापकोटालाई हेटौँडास्थित किटजन्य प्रयोगशालामा पठाइएको छ भने नीति योजना महाशाखामा कार्यरत डा. चुमनलाल दासलाई नारायणी अस्पताल पर्सामा काज फिर्ता गरिएको छ। त्यसैगरी मन्त्रालयकै समन्वय तथा गुणस्तर महाशाखाका मापन तथा गुणस्तर निरीक्षक डा. सरोज शर्मालाई वीर अस्पताल काज फिर्ता पठाइएको छ। शर्मा मन्त्रालयअघि वीर अस्पतालमा कार्यरत थिए।  

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलको काज फिर्ता गरी गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको छ। पौडेल भने स्वास्थ्य बिमा बोर्डको निमित्त निर्देशकको जिम्मेवारीमा छन्।

प्रकाशित: ३ वैशाख २०८३ १६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App