३१ असार २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

२ लाख ५० हजार बालबालिकाले लिए स्वर्णविन्दु प्रसान

सरकारले चालु आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको स्वर्णविन्दु प्रसान कार्यक्रमअन्तर्गत असारको पहिलो सातासम्म करिब २ लाख ५० हजार बालबालिकाले सेवा लिएका छन्।

बालबालिकाको मस्तिष्क विकास, शारीरिक वृद्धि तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम आगामी आर्थिक वर्षमा पनि निरन्तर सञ्चालन गरिने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग ले जनाएको छ।

विभागका आयुर्वेद चिकित्सक डा. पुण्य केशरी का अनुसार स्वर्णविन्दु प्रसान स्वर्ण भस्म, जडीबुटी मिश्रित ब्राह्मी घृत र महको संयोजनबाट तयार गरिन्छ। यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै बालबालिकाको मानसिक तथा बौद्धिक विकासमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

स्वर्णविन्दु प्रसान वितरण गरिने स्वास्थ्य संस्थामै यसको तयारी गरिन्छ। निर्धारित मापदण्डअनुसार एक–एक थोपाका दरले बढीमा तीन पटकसम्म बालबालिकालाई खुवाइने व्यवस्था रहेको विभागले जनाएको छ।

प्रकाशित: २३ असार २०८३ १७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App