२४ पुस २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

दुई महिनामा १२ सय ३७ जनामा स्क्रवटाइफस

असार र साउन महिनामा मात्रै १२ सय ३७ जनालाई स्क्रवटाइफस  देखिएको छ।  इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार नेपालमा  जुलाइमा मात्र १२ सय ३७ जना र अगस्त महिनाभित्र ८ सय ७८ जना संक्रमित भएका छन् । सन् २०२५ भित्र ५ हजार १७ जना स्क्रवटाइफसबाट संक्रमित भएका छन् । विशेष गरी अन्य महिनाको तुलनामा यी महिनामा संक्रमण बढी देखिने गरेको तथ्याकं रहेको  कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए । स्क्रवटाइफसको कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६ जना भर्ना भई उपचारार्थ छन् ।  

स्क्रवटाइफस वर्षैभरी देखिन्छ । एक वर्षको अवधि पनि  महिना स्क्रवटाइफस संक्रमण देखिएको हो । तर अरु महिनाको तुलनामा असार, साउन, भदौ र असोज महिनामा यो बढी संक्रमण हुने डा. दाहालले बताए । उनको अनुसार यी महिना खेतीपाती तथा घाँस दाउराको काम बढी खेतबारी या जङ्गलमा हुने भएकोले मानिसहरू कीर्नाको सम्पर्कमा पुग्छन् । किर्नाले टोक्ने क्रममा ओरिन्सियो सुसोगामुसीको संक्रमण हुन्छ । नेपालमा वर्षतको महिनाहरूमा  खेतीपातीको काम जाँदा, पार्कमा शीतल ताप्न जाँदा यो किर्नाले टोक्ने कारण बढी संक्रमित हुने गरेका हुन ।  खेतबारी बाहेक मुसा घरभित्र या अन्य ठाउँमा हिँडडुल गरिरहेमा पनि मुसाको शरीरमा रहेको किर्ना खसी मानिसको शरीरमा पुगेमा टोकेर संक्रमण हुने डा. दाहाल बताउँछन् । 

स्क्रवाइफसको कारण बर्सेनि धेरै संक्रमित हुने गर्छन् । यो रोग लागिसकेपछि समयमै उपचार नभएमा मुटु,मिर्गौला,मस्तिष्क लगायत अन्य अङ्गहरूमा असर पुगी अङ्ग बिग्रिन सक्छ । अङ्ग बिग्रेमा बिरामीको मृत्यु समेत हुन सक्छ ।  तर नेपालका अस्पतालहरूले यथार्थ रिपोर्ट दिन नसक्दा यकिन मृत्युको यकिन तथ्याकं नभएको कीटजन्य शाखाका प्रमुख  डा. दाहाल बताउँछन् । उनी भन्छन्, ‘ रिपोर्ट पठाएकाहरूमा स्क्रवटाइफस सहित अन्य अङ्गहरू पनि फेल भएको देखिन्छ, यस्तो मृत्युको बारेमा कुन चाहिँ रोगले मृत्यु भएको भनेर यकिन गर्न  सकिँदैन’ उनले भने ।

नेपालमा   स्क्रवटाइफस या ज्वरो आएका बिरामीको हकमा दिइने ज्वरोको दुई वटा एन्टिवायोटिक निःशुल्क उपलब्ध भएकोले पनि धेरैले जटिल रूप लिन नपाएको या मृत्यु कम भएको डा. दाहालको दाबी छ । ‘ स्क्रवटाइफसको उपचार पनि निःशुल्क छ’ उनले भने । सुरुमै पुगेमा यी औषधीको प्रयोगपछि बिरामी पुर्णरुपमा निको हुने गरेको ढिला गरी स्वास्थ्य केन्द्रमा पुगेमा जटिल समस्या भई मृत्यु समेत हुने गर्छ । शरीरमा गोलो खाटा देखिएमा या ज्वरो आएमा ढिला नगरी अस्पताल जान चिकित्सक सुझाउँछन् ।  

यी महिनामा बढी जोखिम हुने भएकोले यी महिनामा खेतबारीमा पस्दा, पार्कमा शीतल ताप्न बस्दा, नाङ्गो खुट्टाले नटेक्न र भुईँमा नबस्न दाहालको सुझाव छ । यसको साथै यस्ता ठाउँमा जानै परेमा पुरा शरीर छोप्ने लुगा लगाउने, बुट लगाउने जस्ता सावधानी अपनाएमा संक्रमण हुने जोखिम कम हुने दाहालले सुझाए ।  

प्रकाशित: ४ भाद्र २०८२ १७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App