१५ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

नेपालबाट रुबेला उन्मूलन भएको घोषणा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  नेपालले रुबेला रोग उन्मुलन गरेको  घोषणा गरेको छ । खोपबाट रोकथाम गर्न सकिने रोगबाट आफ्ना जनतालाई जोगाउन नेपालले  ठोस प्रयास गरेर ‘उल्लेखनीय उपलब्धि’ हासिल गरेको सोमबार डब्लुएचओले जनाएको छ ।

रुबेला अर्थात जर्मन दादुरा एक अत्यधिक संक्रामक भाइरल संक्रमण मानिन्छ । संक्रमणका कारण गर्भपतन, मृत बच्चा जन्मने तथा  जीवनभर र कमजोर पार्ने जन्म दोषका कारण यो रोग गर्भवती महिलाको लागि गम्भीर गम्भीर मानिन्छ । तर सुरक्षित र लागत–प्रभावी खोपहरूद्वारा रुबेलालाई रोक्न सकिन्छ ।

डब्लुएचओ दक्षिण–पूर्वी एसियाकी प्रभारी अधिकृत डा. क्याथरिना बोहेमले नेपालले रुबेला उन्मूलन  गरेको  प्रमाणित गर्न दक्षिण–पूर्वी एसिया क्षेत्रमा दादुरा र रुबेला उन्मूलनको लागि क्षेत्रीय प्रमाणीकरण आयोगलाई सिफारिस गरिएको बताइन् ।

रुबेला उन्मूलन हासिल गर्ने नेपाल डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रको छैटौँ देश हो। रुबेला उन्मूलनको नेपालको उपलब्धि क्षेत्रीय लक्ष्यभन्दा पनि राष्ट्रिय खोप कार्यक्रमको सफलताको अर्को प्रमाण  रहेको स्वास्थ्य मन्त्री पौडेललाई उद्धृत गर्दै डब्लुएचओले जनाएको छ ।  

‘म यो उपलब्धिमा योगदान पु¥याउने सबै नेताहरू, स्वास्थ्यकर्मीहरू, स्वयंसेवकहरू र समुदायका सदस्यहरूलाई धन्यवाद र बधाई दिन चाहन्छु ।  र म सबै सरोकारवालाहरूलाई आह्वान गर्न चाहन्छु कि नेपालमा कुनै पनि बच्चा खोपबाट रोकथाम गर्न सकिने रोगबाट पीडित नहोस्,” पौडेलले भनेका छन् ।  

नेपालले सन् २०१२ मा ९ महिनादेखि १५ वर्ष उमेर समूहका लागि राष्ट्रव्यापी अभियान सञ्चालन गर्दै आफ्नो खोप कार्यक्रममा रुबेला युक्त खोप सुरु गरेको थियो । सन् २०१६ मा नियमित खोप तालिकामा रुबेला युक्त खोपको दोस्रो मात्रा थपिएको थियो ।  

सन् २०१२, २०१६, २०२० र २०२४ मा रुबेला खोपसहितका चार राष्ट्रिय अभियानहरूले २०१५ र २०२३ मा कोभिड–१९ महामारी र भूकम्प जस्ता प्रमुख जनस्वास्थ्य आपत्कालको बाबजुद पनि स्वास्थ्य सेवामा पहुँच बढाउन मद्दत गरेको थियो । सन् २०२४ सम्ममा, नेपालले रुबेला खोपको कम्तीमा एक मात्राको लागि ९५ प्रतिशत  भन्दा बढी ‘कभरेज’ हासिल गरेको थियो ।  

यसैगरी, देशभर ’खोप महिना’ मनाउने, छुटेका बालबालिकाहरूलाई खोप लगाउनको लागि पहुँच् विस्तार गर्ने तथा  जिल्लाहरूलाई ’पूर्ण रूपमा खोपमुक्त’ घोषणा गर्ने  जस्ता नवीन रणनीतिहरूले उन्मूलन प्रयासलाई थप प्रोत्साहन प्रदान गरेको डब्लुएचओले जनाएको छ ।

नेपालका लागि डब्लुएचओका प्रतिनिधि डा डा.राजेश सम्भाजीराओ पाण्डवले यो उपलब्धिलाई कायम राख्न नेपाललाई सहयोग गर्न डब्लुएचओ प्रतिबद्ध रहेको बताएका छन् ।  

प्रकाशित: २ भाद्र २०८२ १७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App