२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

सिभिल अस्पतालमा औषधि कम्पनीका प्रतिनिधिलाई प्रवेश निषेध

सिभिल अस्पतालले बिरामीलाई छरितो तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ दु्रत योजना अघि सारेको छ । योजना अन्तर्गत अस्पतालले भीड कम गर्ने गरी टोकन सिस्टम लागु गर्ने, औषधि कम्पनीका प्रतिनिधिलाई प्रवेश निषेध गर्ने र बिरामीको अप्ठेरो सुन्न गुनासो पेटिका राख्न सुरु गरेको छ ।  

अस्पतालमा बिरामीको चाप अनुसार सहज सेवा प्रदान गर्न बिभिन्न द्रुत योजनाको साथ अघि बढेको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताए । ‘बिरामीले अस्पतालभित्र मेडिकल समुहले भीड गरेको गुनासो आएपछि उनीहरुलाई अस्पताल प्रवेशमा निषेध गरेका छौ’ उनले भने ।  

अस्पतालमा बिरामीको चाप बर्सेनि बढ्ने गरेकाले थप व्यवस्थापन आवश्यक देखिएको र सो अनुसार अस्पतालले अनलाइन टिकट बुकिङ ७५ प्रतिशत र २५ प्रतिशत टिकट सिधै काउन्टरबाट लिने व्यवस्था पहिलादेखि नै सुरु गरेको थियो  । अस्पतालले केही रिपोर्ट बाहेक अन्य रिपोर्ट तीन घण्टाभित्रै उपलब्ध गराउँदै आएको छ ।  

यही वर्षभित्रै सुरु हुने गरी क्यान्सर तथा मुटु रोग सेवामा पनि बिभिन्न कार्यक्रम विस्तार गर्ने गरी अघि बढेको निर्देशक रेग्मीले जानकारी दिए । जसअनुसार मुटु  सेवामा अस्पतालमा पहिलो पटक क्याथल्याव सेवा सुरु हुँदैछ भने अर्को वर्षसम्म मुटुको शल्यक्रिया सेवा पनि विस्तार गर्ने योजना रहेको रेग्मीले बताए ।  

निर्देशक रेग्मीका अनुसार, क्यान्सर सेवालाई थप गुणस्तरीय बनाउन बिशेष सिटिसक्यान र ब्राकोथेरापी सेवा यही वर्षभित्रै सुरु हुँदैछ । यो सेवामा पहिला नै लिनक्याक रेडियोथेरापी सञ्चालनमा रहेको र आधुनिक नयाँ ब्राकोथेरापी थप गर्न लागिएको हो ।  

बिरामीको छरितो सेवाको लागि अन्य स–साना सुधारका कार्यक्रम सुरु भइसकेको र थप गर्ने तयारी भइरहेको छ । यी सेवा विस्तारको लागि बजेट आइसकेकोले प्रक्रिया अघि बढिसकेको उनले बताए । 

प्रकाशित: १६ कार्तिक २०८२ १७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App