२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपाल–कोरियामैत्री अस्पतालमा थप ५० शय्या सञ्चालनको अनुमति

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालनको अनुमति प्रदान गरेको छ ।  

मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान गरिएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए ।

आज मन्त्री थापा, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतमसहितको टोलीले अस्पतालको निर्माणाधीन नयाँ भवनको स्थलगत निरीक्षणका क्रममा अस्पतालको स्तरोन्नति गर्ने निर्णय भएको जानकारी दिइएको हो । मन्त्री थापाले अस्पतालको नयाँ भवन निर्माणकार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिए ।

उनले शय्या थपको अनुमति प्रदान गर्नु बागमती प्रदेशको स्वास्थ्य सेवा सुदृढीकरणतर्फको महत्त्वपूर्ण कदम भएकाले भक्तपुर जिल्लामै स्वास्थ्य सेवाको पहुँच विस्तार एवं उपचारको गुणस्तरमा यसले सुधार आउने विश्वास व्यक्त गरे ।

मन्त्री थापालाई मध्यपुरथिमि नगरपालिका प्रमुख एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, अस्पतालका निर्देशक डा दीपेन्द्रकुमार रौशन र प्रशासकीय अधिकृत रूपेश श्रेष्ठलाई अस्पतालले दिँदै आएको सेवासुविधा र आगामी योजनाबारे जानकारी गराएका थिए ।

सन् १९९९ मा ‘किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्र’का रूपमा स्थापना भई नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार १४ सेप्टेम्बर २००९ मा ५० शय्याको जनरल अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरी नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको नामाकरण गरिएको थियो ।  

 

प्रकाशित: १७ माघ २०८२ १९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App