स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार देशभरका सबै सरकारी अस्पतालमा बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
प्रकाशित: १८ वैशाख २०८३ ०६:१७ शुक्रबार





