कठमाडौं महानगरले डेंगी सचेतना बढाउने उद्देश्यले शुक्रवार एकदिने मेगा अभियान सञ्चालन गर्ने भएको छ ।
‘हिँड र गर’ अभियान अन्तर्गत हरेक वडाबाट एकै दिन सुरु हुने गरी उक्त अभियान चलाउन लागेको महानगरले जनाएको छ । महानगरले सूचना जारी गरी कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।
साउन २७ गतेको महानगरको बैठकको निर्णय बमोजिम सो अभियान सञ्चालन गर्न लागेको महानगरले जनाएको । सो कार्यक्रम सफल पार्नको लागि सबै वडाका कर्मचारीलाई राष्ट्रिय सभागृहमा भेला हुन अपिल गरेको छ ।
अभियान अन्तर्गत लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, माइकिङ गर्ने, आम नगरबासीहरुलाई सचेत गराउने कार्यक्रम रहेको छ। डेंगी नियन्त्रण कार्यक्रम अन्तर्गत महानगरले साउन महिनाभर हरेक शुक्रवार लामखुट्टेको बस्ने ठाउँ खोज र नष्ट गर अभियान सञ्चालन गरेको थियो ।
प्रकाशित: ५ भाद्र २०८२ १७:५२ बिहीबार





