२० मंसिर २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

हात्तीपाईलेविरुद्धको औषधी खुवाउन प्रोत्साहन गरौँ: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले हात्तीपाईले निवारणकालागि पालिकाले अगुवाइ गर्नु पर्ने बताएकी छिन । बारम्बार प्रयास गर्दा पनि हात्तीपाईले जिल्लामा निवारण हुन नसक्नु दुःखद कुरा भएको उनले बताईन ।  

स्वास्थ्य कार्यालयद्धारा तौलिहवामा आयोजित हात्तीपाईले रोग निवारण २०८२ अन्तर्गत आम औषधी सेवन अभियानमा औषधी सेवन गरी कार्यक्रमको शुभाम्भ गर्दै उनले औषधी खुवाउन प्रोत्साहन गर्नुपर्ने बताइन ।  

१७ वर्ष अघिदेखि सुरु भए पनि अहिलेसम्म हात्तीपाईले निवारण हुन नसकेकोमा दुःख लागेको उनले बताइन । उनले दिगो विकासको लक्ष्यमा हात्तीपाईलेको निवारण पनि एक रहेको भन्दै अब सबैको सामुहिक प्रयासले १७ औ चरणको यो अभियानलाई नै अन्तिम बनाउनु पर्ने बताईन ।  

‘यो जिल्लालाई हात्तीपाईले रोगबाट सदाकालागि अन्त्य गनुपर्छ’ उनले भनिन, ‘औषधी आफू पनि खाऔँ, अरुलाई पनि खुवाउन प्रोत्साहन गरौ।’

प्रकाशित: ७ मंसिर २०८२ १७:२० आइतबार