४ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ। एकाइको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार उद्घाटन गरे।

त्यस अवसरमा उहाँले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पालिका प्रतिबद्ध रहेको बताउँदै गाउँको विकासलाई आफूले प्राथमिकता राखेको उल्लेख गरे।

मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीका अनुसार एकाइबाट एक सय ३० परिवार लाभान्वित हुनेछन्। अब यहाँका बासिन्दाले रणवाङ, अर्मन, कुहुँ, सिङ्गा र पुलाचौर पुगेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता अन्त्य भएको छ। यसअघि गाउँपालिकाले बुकेनी, हिदी र धारामा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको थियो। 

प्रकाशित: ४ चैत्र २०८२ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App