२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल

चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालको निर्देशकमा अस्पतालकै ग्याष्ट्रोसर्जन डा. विकास नेपाल नियुक्ति भएका छन्।

बिहीबार उपकुलपति तथा सह–कुलपतिको सिफारिसमा डा. नेपाललाई नियुक्ति दिएको हो। डा. नेपाल ११ औ तहका चिकित्सक हुन्।

त्यसैगरी अस्पतालको सहायक निर्देशकमा डा. अपार लामिछाने र डा अनिता जिशी नियुक्त भएका छन्।

डा. लामिछाने बर्नप्लाष्टिक सर्जन हुन भने डा. जिशी इएनटी (नाक–कान–घाँटी सर्जन) हुन्। यी दुवै सहायक निर्देशक ११ औ तहका चिकित्सक हुन्।

नयाँ निर्देशक नियुक्तिसँगै लामो समयदेखि रिक्त रहेको वीर अस्पतालले निर्देशक पाएको छ।

प्रकाशित: २८ श्रावण २०८३ १९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App