१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

सार्वजनिक बिदामा पनि आयुर्वेदको सेवा सञ्चालन

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतले सार्वजनिक बिदाका दिनमा समेत ओपिडी तथा विभिन्न उपचारात्मक सेवा सञ्चालन गर्ने भएको छ।

अस्पतालमा जेठ १२ गते बसेको स्टाफ मिटिङको निर्णयअनुसार आयुर्वेद चिकित्सा सेवाअन्तर्गत उपचारात्मक सेवासँगै पुनःस्थापन सेवा अन्तर्गतका विभिन्न थेरापीहरू नियमित रुपमा सञ्चालन गरिने भएको हो।

नियमित ओपिडी तथा थेरापी सेवा आवश्यक पर्ने भएकाले सार्वजनिक बिदाका कारण सेवाग्राही प्रभावित हुन नदिन यस्तो व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ। सोही निर्णयअनुसार विहिवार इद (उल फित्र) को बिदादेखि ओपिडी सेवा सञ्चालनमा ल्याइएको छ।

अस्पतालका निर्देशक डा. लक्ष्मी नारायण तिवारीका अनुसार शनिबार र आइतबार बाहेक अन्य सार्वजनिक बिदाका दिनमा पनि ओपिडी लगायतका सेवा नियमित रुपमा सञ्चालन हुनेछन्।

नेपाल सरकार वा प्रदेश सरकारले आकस्मिक रूपमा बिदा घोषणा गरे पनि शनिबार र आइतबार बाहेकका अन्य दिनमा अस्पतालले सेवा प्रवाहलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित: १६ जेष्ठ २०८३ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App