नारी सञ्चार गृह र पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा झापाका महिला पत्रकारको पाठेघरको मुखको निःशुल्क परीक्षण गरिएको छ। समयमै क्यान्सर पहिचान गर्न पत्रकार महिलाका लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक सातासम्म निःशुल्क परीक्षण र मेमोग्राफीमा विशेष सहुलियत प्रदान गरिएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।
बुधबार र बिहीबार ३० जना पत्रकार महिलाले निःशुल्क सेवा लिएका छन् । साथै स्तन क्यान्सरको जाँचमा ५० प्रतिशत छुट उपलब्ध गराइने उनको भनाई छ। पूर्वाञ्चल क्यान्सर अस्पतालकी निर्देशक डा अन्जली प्रसाईँले झापाका पत्रकार महिलाहरुको स्वास्थ्योपचारमा थप सहकार्य गर्न अस्पताल इच्छुक रहेको बताए ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले स्वास्थ्यमा सतर्कता र समयमै रोगको पहिचान गर्नसके क्यान्सर रोग पनि निको हुने बताए ।
प्रकाशित: २० चैत्र २०८२ १०:५२ शुक्रबार





