१० माघ २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने

तस्बिर: प्रसन गुरुङ/नागरिक

भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिकालाई पुनः खुवाइने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गरेकी छिन्।  

'छ महिनादेखि ५९ महिनासम्मका कुनै बालबालिका भिटामिन ए क्याप्लुस र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका जुकाको औषधि खान छुटेका छन् भने उनीहरुलाई दुई हप्ताभित्र नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिन्छ', उनिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

सरकारले प्रत्येक वर्षमा दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गर्दछ।  

प्रकाशित: ५ कार्तिक २०७९ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App