८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

‘भित्रभित्रै मुटु खाने रोगबाट मुक्त बनौं’

मधुेमह, कोलस्ट्रोल र उच्च रक्तचाप

‘तपाईंको शरीरमा पनि ज्यानै जाने रोगले जरा गाडिसकेको हुन सक्छ ! तर यी रोगले कुनै लक्षण नदेखाउन सक्छन्। समयमै स्वास्थ्य जाँच गरौं’, मुटु तथा रगतजन्य रोगहरूबाट बच्न सकिने वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले सचेत गराए।

सञ्चारकर्मीमाझ सोमबार एक सचेतना कार्यक्रम गर्दै उनले मुटु तथा रक्तनलीमा लाग्ने गम्भीर रोगहरूको कारक समस्या कोलस्ट्रोल, उच्च रक्तचाप र मधुमेह रहेको उनले बताए। उनले भने, ‘यी रोग भित्रभित्रै छिप्पिएपछि एक्कासि ठूलो समस्या निम्तिने छ’, चिकित्सकका अनुसार यी तीनवटा अवस्थाले मुटु रोग, मस्तिष्कघात र मिर्गौलासम्बन्धी रोग लाग्छ।

डा. मूर्तिको अनुभवमा केही वर्ष पहिले दुईजना हृदयघात भएका बिरामी उनीसमक्ष पुगे। ती दुवैको एनजिओप्लास्टिक सर्जरी गर्नुपर्ने थियो। तीमध्ये एकजनाका आफन्तले डा. ओम मूर्तिलाई छिटो एनजिओप्लास्टिक गर्नका लागि अनुमति दिए। अर्का बिरामी महिलाको छोराले अनुमति दिएनन्। चिकित्सकले बलजफ्ती शल्यक्रिया गर्न सकेनन् तर उनलाई सहयोग गर्ने औषधी चलाइरहेका थिए। त्यही दिन केही घन्टामै हेर्दा ती महिलाको मृत्यु भयोे। शल्यक्रिया गरेका पुरुष बिरामी भने बाँचे। ती महिलाको छोरालाई हृदयघातको शल्यक्रियाबारेमा जानकारी नभएकाले आमाको शल्यक्रिया गर्न नचाहेको हुन सक्ने चिकित्सकको अनुमान थियो। घटनापछि चिकित्सक र ती महिलाका आँखाभरि पश्चात्तापको दृश्य थिए। सानो जानकारीको अभावमा महिलाले कम उमेरमै ज्यान गुमाउनुपरेको डा. अनिलले विगतका घटना स्मरण गर्दै सञ्चारकर्मीलाई सुनाए।

ओम मूर्तिका अनुसार हृदयघात हुने दुवै बिरामीलाई के कारणले हृदयघात भएको भन्ने थाहा थिएन। मुटु तथा मिर्गौला रोग लाग्नुको कारण थाहा नहुने ती दुई बिरामीबाहेक नेपालमा ७२ प्रतिशतलाई थाहा नभएको तथ्यांकले औंल्याएको उनले बताए।

बर्सेनि खाडी मुलुकबाट आउने नेपाली युवाको शव पनि बढी मात्रामा हृदयघातकै कारणले हुने गरेको डा. अनिलले बताए। उनीहरूले जीवनकालमा रक्सी, चुरोट सेवन गर्ने र अस्वस्थ जीवनशैलीका कारण उनीहरूको हृदयघात हुने गरेको पाइएको छ। नेपालमा युवा उमेरमै उच्च कोलेस्ट्रोल, रक्तचाप र मधुमेह समस्या बढिरहेको उनले जानकारी दिए। ‘२० वर्षपछि नै यी रोग बढेको देखिन्छ। कतिपय त ढिलो गरी उपचारमा पुग्छन्’, उनले भने।

नेपाल स्टेप सर्वे २०१९ अनुसार नेपालमा मुटु रोगका कारण मधुमेह कुल जनसंख्याको ५.८ प्रतिशतलाई छ तर ७३.५ प्रतिशतलाई थाहा छैन। त्यसैगरी उच्च कोलस्ट्रोल ११ प्रतिशत जनसंख्यामा छ। तीमध्ये ४.९ प्रतिशतलाई थाहा छैन। तथ्यांकअनुसार नेपालमा बयस्क २४.५ प्रतिशतमा उच्च रक्तचाप रहेकोमा ७८.८ प्रतिशतलाई आफूलाई उच्च रक्तचाप छ भन्ने जानकारी छैन। थाहा पाएका ५५.४ प्रतिशतले उच्च रक्तचाप नियन्त्रणका औषधी प्रयोग गर्न चाहँदैनन्।

डा. अनिलका अनुसार स्वस्थ व्यक्तिको उच्च रक्तचाप १४० हाइड्रोलिक र ९० सिस्टोलिक रक्तचाप हुनुपर्छ। रगतमा चिनीको मात्रा १ सय २६ एमजीभन्दा बढी हुन नहुने र कोलस्ट्रोल १३० एमजी÷डेसिमिटरभन्दा बढी हुनु हुँदैन तर नेपालमा यी तत्वको अवस्था बढी मात्रामा रहेको तथ्यांकले औंल्याएको छ।

मुटु रोेगको कारण चुरोट सेवन गर्नेको संख्या १४.५ प्रतिशत, मदिरा सेवन गर्नेको संख्या २३.९ प्रतिशत र मोटोपना २४.३ प्रतिशत र नियमित भोजनमा फलफूल र सागपात समावेश नगर्नेको संख्या ९६.७ प्रतिशत रहेको छ। नेपालमा पछिल्लो समय २० वर्षमुनिबाटै यी कोलस्ट्रोल, मधुमेह र उच्च रक्तचापका समस्या बढिरहेको छ।

यी रोग धनी मानिसलाई मात्र हुन्छ भन्ने भ्रम रहे पनि तथ्यांकले भने ७५ प्रतिशत गरिब मुलुकमा भएको तथ्यांकले औंल्याएको छ। प्रति १० लाखमा १० प्रतिशतलाई मात्र स्वस्थ जीवनशैली अपनाएमा यी रोगबाट बच्न सकिन्छ भन्नेबारेमा जानकारी छ। विकसित राष्ट्रमा हृदयघात भएकामध्येमा सयजनामध्येमा १० जनाको मृत्यु हुन्छ भने नेपालमा ५० प्रतिशतको मृत्यु हुन्छ।

भित्रभित्रै मुटु, आँखा तथा मिर्गौलामा असर पारिरहेको हुने तर बाहिर कुनै लक्षण नदेखाउने कारण धेरै मानिस झुक्किएर कतिपयमा अपांगता हुने गरेका छन् भने कतिपयले अकालमै ज्यान गुमाउनुपरेको डा. अनिल बताउँछन्। मुटु तथा मिर्गौला रोगको कारक यी तत्वलाई नियन्त्रणमा राख्न सकेमा मात्र हरेक व्यक्तिले आफ्नो मुटु तथा मिर्गौला जोगाउन सक्ने उनको सुझाव छ।

यसका लागि हरेक स्वस्थ व्यक्तिले वर्षमा एकपटक आफ्नो मुटु जाँच गर्ने, मुटुमा हानि पु¥याउने यी तत्व कोलस्ट्रोल, मधुमेह र उच्च रक्तचाप परीक्षण गरी चिकित्सकको सुझावअनुसार औषधी सेवन गर्न र स्वस्थ जीवनशैली अपनाउन सुझाए। तर नेपालमा एकपटक जाँच गरेर औषधी सेवन गर्न चिकित्सकले सुझाए पनि कतिपयले औषधीप्रतिको नकारात्मक धारणाले बीचैमा आफूखुसी औषधी छाड्ने गर्दा यी तत्वको नियन्त्रण नभई मुटुजन्य रोग लाग्ने गरेको पाइएको अनिलले बताए।

यसका साथै नियमित भोजनमा सागपात, फलफूल प्रयोेग, दैनिक कम्तीमा आधादेखि एक घन्टा छिटो हिँड्ने, व्यायाम गर्ने, तौल बढ्न नदिने, भोजनमा नुन तथा चिनी र चिल्लो कम प्रयोग गर्ने र तनावरहित जीवनशैली अपनाएमा यी रोगको जोखिमबाट बच्न सकिन्छ।

प्रकाशित: १५ आश्विन २०७९ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App